महरालाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रवि लामिछानेले पूर्व सभामुख कृष्णबहादुर महरालाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ। 

आज मन्त्रालयमा आयोजित सुरक्षा निकायका प्रमुखहरूको भेटघाटका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो।

मन्त्रालयमा आयोजित भेटघाटमा मन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन् । सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको बुझिएको छ । 

प्रतिक्रिया