समीक्षा अधिकारीको जीवनमा आइपरेको यो दर्दनाक मोड, साक्षी बने तेजश रेग्मी

काठमाडौं - अडियो बिक्री हुने समयदेखि आजको डिजिटल बजार सम्म आइपुग्दा नेपाली सांगीतिक क्षेत्रले धेरै कलाकार जन्माएको छ र धेरै गुमाएको छ । 

यो अवधिमा नेपाली सांगीतिक क्षेत्रले पाएको उर्जाशील बहुमुखी प्रतिभाका धनी कलाकारको नाम लिनु पर्दा तेजश रेग्मीको पनि अग्र स्थानमा आउँछ । एक दशक भन्दा लामो समय निरन्तर गीत संगीतमा क्रियाशील रेग्मीले दर्जनौं सुपर हिट गीतबाट सबैमाझ आफ्नो राम्रो परिचय बनाउन सफल भएका छन् । 

प्राय माया प्रेममा कम कलम चलाउने रेग्मीले हो पटक एउटा नारीलाइ परेको वेदना माथि कारुणिक कथा सहित उत्कृष्ट गीत कुमारी सिर्जना गरेका छन् । गीतलाई प्रकाश जिसी ले निर्माण गरेका हुन् ।

रेग्मीको लय तथा शब्द सिर्जना रहेको गीतको अडियो र भिडियो निकै मनमोहक बनाईएको छ । गीतमा समीक्षा अधिकारी र तेजश रेग्मीको आवाज रहेको छ । 

मौसम हिमालीको निर्देशन रहेको गीतमा लोमस शर्मा रोशनी कार्की र तेजश रेग्मीले गरेको अभिनयले सबैलाई आँसु आउने बनाएको छ । एक प्रेमीहरुको बिछोड र मिलन सहित गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट बनेको छ । 

गीतलाई तेजश रेग्मीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ भने दर्शकको समेत राम्रो प्रतिक्रिया पाइरहेको छ । 

 

प्रतिक्रिया