• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

पछिल्लो २४ घण्टामा १९४८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ३१४० जना संक्रमणमुक्त रहेको पनि जानकारी दिए ।

यससँगै कोरोना निको हुनको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित १६ हजार ६३९ जना रहेका छन् भने संक्रमण मुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २१० जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर संख्या १६ लाख ९० हजार ५०९ पुगेको छ ।
यस्तै पछिल्ले २४ घण्टामा थप २८ जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३८९ पुगेको छ ।

प्रतिक्रिया