महालक्ष्मी लाइफ इन्स्योरेन्सको आइपिओ कहिले आउला ?

काठमाडौं-महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने प्रक्रियामा रहेको छ । २०७५ माघ २७ गतेबाट कारोबार संचालन गरेको कम्पनीले दुई अर्ब रुपैयाँ पुर्याउन आइपिओ निष्काशनका लागि तयारी अघि बढाएको हो ।

चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको महालक्ष्मी इन्स्योरेन्सले ६० करोड रुपैयाँको आइपिओ जारी गर्ने योजना बनाएको छ ।

बीमा समितिले तोकेको दुई अर्ब पूँजी पु¥याउनका लागि ६० करोड रुपैयाँको आइपिओ जारी गर्नुपर्ने हुन्छ । यो कम्पनीले अन्य प्रक्रिया पुरा गरेपछि मात्र आइपिओ जारी गर्ने जनाएको छ । आइपिओ जारी गर्नका लागि मिति तोकेको छैन ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष ०७६÷७७ मा नौ गुणाले नाफा बढाएको थियो । नयाँ जीवन बिमा कम्पनी मध्ये महालक्ष्मीले गत वर्ष ८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्ष ०७५÷७६ मा कम्पनीले ८७ लाख ३४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

नाफामा मात्रै नभइ खुद बिमा शुल्क आर्जन २४५ प्रतिशतले बढाएको थियो । पोहोर यस्तो आर्जन ८६ करोड ८३ लाख रुपैयाँ थियो । नाफामा सुधार भएसँगै जगेडा कोषमा ८ करोड २५ लाख रुपैयाँ जम्मा भएको छ ।अघिल्लो वर्ष दुई हजार ७७७ वटा बिमा लेख बिक्री गर्न सकेको कम्पनीले गत वर्ष भने १२ हजार ४६३ वटा बिमा लेख बिक्री गरेको थियो । कम्पनीले व्यवसाय विस्तार गर्नुका साथै आफ्नो लगानीको दायरा पनि बढाएको छ ।

प्रतिक्रिया