कोरोना महामारी बढ्दै गए पछि विद्यालय बन्द साथै सबै परीक्षा स्थगित

पाकिस्तान – कोरोना महामारीले देशमा विकराल रूप लिन थालेपछि पाकिस्तान सरकारले तत्कालै लागू हुने गरी सबै शैक्षिक संस्था तथा सम्पूर्ण परीक्षा स्थगित गर्ने भएको छ ।

सरकारले सोमबार घोषणा अनुसार आगामी बिहीबारदेखि स्कूलहरु बन्द हुनेछन् । साथै आगामी जनावरी १० पछि मात्र पुनः सुचारु हुने छन्।

शैक्षिक संस्थाहरु बन्द हुने भएपछि अहिले तय गरिएका सबै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । यसैगरी स्वास्थ्य मन्त्रालयले थप चार हजार ४४२ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ । पछिल्लो पटक थपिएकाहरुसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख दुई हजार ११० पुगेको छ ।

त्यहाँ अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको संख्या १६ हजार दुई पुगेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया