• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

मङ्गलबार बढेको बजार बुधबार एक्कासी किन घट्यो ?

बुधबार बजार खुल्नेवित्तीकै ७० अंकले बढेको बजार अन्तिममा ४ अंकले घटेर बन्द भएको छ।

कारोबार समयभरी नै उतारचढाव देखिएको बुधबारको बजारमा कारोबार रकम भने बढेको छ।

यस दिन नेप्से सूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ०.८९ अंकले घटेको छ।

मंगलबार एकाएक १३७ अंकले बढेको नेप्से सूचकले बुधबार त्यो बढाइलाई निरन्तरता दिन सकेन। सुरुवाति समयमा नेप्से सूचक बढेको भए पनि बिक्री चाप बढ्दा नेप्से पुनः ओरालो लागेको हो।

यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँ बराबरको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर खरिद बिक्री भएको छ।


प्रतिक्रिया