सर्वोत्तम सिमेन्टको सेयर नेप्सेमा सूचीकृत आजबाट कारोबार हुने

काठमाडौं - बुक बिल्डिङ मार्फत आइपीओ सार्वजनिक गरेर बाँडफाँड गरेको सर्वोत्तम सिमेन्टले अब दोस्रो बजारमा कारोबार सुरु गर्ने भएको छ।

कम्पनीको सेयर सोमबार नेप्सेमा सूचीकृत भएसँगै कारोबारको लागि बाटो खुलेको हो। अब आज मंगलबार प्री ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनसके नियमित रुपमा दोस्रो बजारमा कारोबार हुनेछ । 

कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत) लाई वितरण गरेको ६० लाख कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ४ करोड ५ लाख कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर मंगलबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले एसएआरबिटिएम कारोबार संकेत प्रदान गरेको छ।

प्रतिक्रिया