• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार

कोरोनाले एकै दिन ११ हजारको ज्यान गयो

काठमाडौं – विश्वलाई कोरोना महामारीले आक्रान्त बनेको बेला यो रोगको संक्रमण झन् झन् बढिरहेको छ ।

विश्व भरि पछिल्लो २४ घण्टामा ११ हजार भन्दा धेरैको ज्यान गएको छ । ज्यान जानेमा अमेरिकाका सबैभन्दा धेरै रहेका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५१ जनाको ज्यान गएको छ । त्यस्तै इटालीमा करिब ७ सय जनाको ज्यान गएको छ ।

कोरोना ले विश्वभरिमा २४ घण्टामा ६ लाख ५९ हजार भन्दा धेरै संक्रमित भएका छन् । छिमेकी देश भारतमा अहिले संक्रमण दर घटिरहेको छ । ४६ हजार भन्दा धेरै संक्रमित हुँदा ५ सय ६२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया