महिला लघुवित्तले आईपीओ निष्कासन गर्ने,कति कित्ता, कहिलेदेखि भर्ने ?

काठमाडौं–सेयर बजारमा दिनहुँजसो विभिन्न कम्पनी, वैंक तथा वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेका छन् । कतिपय संस्थाले सञ्चालक समितिबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेका छन् त कतिपयले नेपाल धितोपत्र बोर्डमा समेत आवेदन दिएका छन् । केही आईपीओ निष्कासनका लागि स्वीकृत लिएर बसेका छन् ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । महिला लघुवित्तले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । धितो पत्र बोर्डले स्वीकृति दिएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । धितोपत्र बोर्डबाट अनुमतिका लागि प्रतिक्षा गरिरहेकाले आईपीओको भर्ने मिति तय भएको छैन ।
४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको महिला लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।

लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यो लघुवित्तको पहिलो त्रैमासिकमा खुद नाफा २६४ प्रतिशत बढेर १ करोड ९८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा महिलाले ५४ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो ।

प्रतिक्रिया