जन्ती लिएर फर्केको जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गयो,पुरै गाउँ शोकमा

भारत – जन्ती लिएर फर्केको जीप दुर्घटना हुँदा एकै गाउँको १४ जनाको ज्यान गएको छ ।

घटना हो उत्तर प्रदेश भारतको । चण्डीगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ ।

गाउँकै विवाह समारोहमा सहभागी भएर फर्किदा सो घटना भएको हो । जन्ती सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना गएराति भएको हो । चालक निदाएर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा चालकको समेत मृत्यु भएको छ ।

दुर्घटना पछि पुरै गाउनै शोकमा परेको छ । दुर्घटना यति भयानक थियो कि जिपलाई काटेर शवहरु बाहिर निकाल्नु परेको थियो ।

प्रतिक्रिया