रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डो । लोकप्रिय गायक तथा सर्जक राजेन्द्र कँडेलको अत्यन्तै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीत मुख छोपी रुन भर्खर मात्र सार्र्वजनिक भएको छ ।
सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको सो गीतमा सुनिता बुढा र कृष्ण कँडेलको आवाज रहेको छ । गीतमा कँडेलले निकै उत्कृष्ट र मुटु छुने शब्द सिर्जना गरका छन । गीतले माया प्रेममा छुटेका मायालु जोडीको कथालाई विषय बस्तु बनाएको छ ।
कमल सौरागको संगीत संयोजन रहेको गीतमा विनोद भण्डारीले निर्देशन गरेका छन भने गीतमा विनोद,रुपा कँडेल र कृष्ण पहाडीको अभिनय रहेको छ । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रियाहरु आईरहेको निमार्ण पक्षले आर्थिक सन्देशलाई जानकारी दिएको छ ।