काठमाडौं – निकिशा श्रेष्ठलाई बाटोमा दुर्व्यवहार गर्ने तिनै जनालाई प्रहरीले पक्राऊ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोर छन् । उनीहरुलाई प्रहरीले बिहान र आज दिउँसो गरि नियन्त्रणमा लिएको हो ।
बाइक को पछाडि बस्ने किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेको खुल्न आएको छ ।
पक्राउ परेका सबैलाई साइबर ब्युरो पठाउने वा त्यहीँ मुद्दा चलाउने भन्ने निर्णय भइसकेको छैन ।