काठमाडौं – आफ्नो खुसी किन्न विदेशको भूमिमा पसेका हजारौं नेपालीको वर्षभरिमा लाश काठको बाकसमा आउँछ । बाकसमा लास मात्र आउँदैन उनीहरूको परिवारको दुःख पनि सँगै आउँछ ।
यस्तै भएको छ मलेसियामा नुवाकोटका जीवन तामाङको । उनी आफ्नै कोठामा बिहान मृत भएका छन् ।
उनी विगत १८ महिना देखि त्यहाँको एक कम्पनीमा काम गर्दै आएका थिए । उनकै कमाइबाट धानिएको परिवारको उनले ज्यान गुमाए संगै परिवारको बिचल्ली भएको छ ।
अहिले उनको शवको पोस्ट मार्टमका लागि अस्पताल लागिएको छ ।