पछिल्लो चौबीस घण्टामा देशैभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । यस्तै दुई हजार १०३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा नौ हजार ८०५ नमुना परीक्षण गर्दा दुई हजार १०३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार २७६ पुगेको मन्त्रालयको तथ्यांक छ । चौबीस घण्टामै दुई हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख ८५ हजार ६३८ जना पुगेको छ ।