युनाईटेड इदी–मर्दीको आइपिओमा लगानीकर्ताको ओइरो,कति पर्यो आवेदन ?

 

काठमाण्डौ – युनाईटेड इदी–मर्दीको बुधबारबाट सार्वजनिक भएको आइपिओमा लगानीकर्ताको ओइरो लागेको छ ।

आठ लाख बराबरको आइपीओ सार्वजनिक गरेको कम्पनीको दोस्रो दिनमै पाँच गुणा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार बिहीबारसम्म मागभन्दा धेरै आवेदन परेको हो । २ लाख २६ हजार ३४३ वटा आबेदनबाट ४५ लाख २९ हजार ६८० कित्ता शेयर माग भएको हो ।

कम्पनीले यस भन्दा अगाडि ४ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई खुल्ला गरेको थियो । त्यहाँ विक्री नभएको र बाकी गरि ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला भएको छ ।

आइपिओ मध्य ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निस्कासन गर्दै छ ।

यो कम्पनीमा पनि लगानीकर्तालाई 10 कित्ता मात्र आइपिओ लगानी गर्दा उत्तम हुने देखिन्छ ।

प्रतिक्रिया