पश्चिमी प्रणालीको असर: देशभर आंशिक बदली र वर्षाको सम्भावना

देशभर मौसममा पश्चिमी प्रणालीको असर देखिएको छ भने बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको आर्द्र वायुले समेत वातावरणमा प्रभाव पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रका थुप्रै स्थानमा र अन्य केही भागमा समेत मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम खुला रहने सम्भावना छ। ती प्रदेशका थुप्रै स्थानमा र अन्य केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। साथै, हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको मौसम विभागले जनाएको छ।

प्रतिक्रिया