काठमाडौं – नेपालमा कोरोना बाट १ हजार भन्दा धेरैको ज्यान गई सकेको बेला विदेशमा पनि धेरै नेपालीहरुले ज्यान गएको छ ।
भर्खर मात्र भारतमा कोरोना ले ८ नेपालीको ज्यान गएको छ । एनआरएन ले दिएको जानकारी अनुसार गत साता महाराष्ट्र र चेन्नईमा आठ नेपालीको ज्यान गएको हो ।
विदेशमा अहिले सम्म ज्यान गुमाउनेको संख्या २९३ पुगेको छ ।
नेपालीहरु बस्ने यूके, स्पेन, अस्ट्रिया, जर्मनी, भारत, यूएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।