उदयपुर – आज उदयपुरबाट बिहानै दुखद खबर आएको छ । तिहारको बेला किनमेल गर्न हिँडेको एक १७ वर्षे युवतीको ज्यान गएको छ ।
उदयपुरमा मदन भण्डारी लोकमार्ग उदयपुरगढी गाउँपालिका ७ की १८ वर्षीया निर्मला बिक मृत्यु भएको छ । स ९ प ४७२ नम्बरको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिँदा उनि गम्भिर घाइते भएपछि उपचारको क्रममा जिल्ला अस्पताल बोक्से ल्याउँदै गर्दा मृत्यु भएको उनको भनाइ छ ।
मोटरसाइकल र मोटरसाइकल चालक उदयपुरगढी ८ बस्ने १९ बर्षीय मेसक राई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।