ह्वाइट हाउसमा दिपावली,सबैले दिए शुभकामना

अमेरिका – हिन्दूहरूको महान पर्व शुभ दिपावलीको अवसरमा अहिले नेपालमा रौनक छाइरहेको छ । नेपालमा मात्र हैन अमेरिकामा समेत दीपावली गरि तिहारलाई स्वागत गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दुहरुको महान पर्व दिपापलीको अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति ट्रम्पले दिपवालीका अवसरमा शुभकामना दिँदै अमेरकी राष्ट्रपति भवनमा दीप जलाएर दिपावली समेत गरेका छन् ।

दीपावली गरेको तस्बिर ट्रम्प ले सार्वजनिक गरे संगै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

त्यस्तै अमेरिकाकै नवनिर्वाचि राष्ट्रपति वो बाइडेनले पनि दिपावलीको शुभकामना दिएका छन् । उता, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र प्रिन्स चाल्र्सले पनि दिपावलीको शुभकामना दिएका छन् । बेलायतका प्रधानमन्त्री जोनसले ब्रिटिश हिन्दु, शिख र जैन धर्माबलम्बीहरुलाई दिपावलीको एकमुष्ट शुभकामना दिएका छन् ।

प्रतिक्रिया