तिहारको पर्सिपल्ट नै नयाँ आईपीओ आउँदै,कति कित्ता भर्ने ?

काठमाडौं – भर्खर मात्र माउण्टेन इनर्जी को आइपिओ निस्कासन बन्द भएको छ । धेरै लगानीकर्ताको यो कम्पनीका आकर्षण पनि देखियो ।

त्यस्तै अर्को हाइड्रो कम्पनीको आईपीओ तिहार लगत्तै अर्थात् मंसिर घ गरे सार्वजनिक हुँदैछ ।
युनाईटेड इदी–मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेको नयाँ आईपीओ आउन लागेको हो । मंसीर २७ गते निस्काशन गर्ने भने पनि पछि समय परिवर्तन भएको थियो ।

सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा बिक्री नभएको २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जोडेर ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्न लागेको हो । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामुहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो ।

यो कम्पनीमा पनि लगानी कर्ताहरुले १० कित्ता शेयर भर्नु उत्तम देखिन्छ ।

यो कम्पनीले निर्माण गरेको ७ मेगावाट क्षमताको जलविद्युत आयोजनाले गत असोजदेखि विद्युत उत्पादन गर्दै आएको छ । एक अर्ब ४२ करोड रुपैयाँ लागत रहेको यो कम्पनीको प्रतिमेगावाट लागत २० करोड २९ लाख रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्ष ०७७÷७८मा कम्पनी सञ्चित नोक्सानीमा देखिए पनि आगामी आर्थिक वर्षदेखि नाफामा जाने कम्पनीको दाबी छ ।
अबको दुई वर्षपछि कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ हुने कम्पनीले जारी गरेको आह्वान पत्रमा रहेको छ ।

प्रतिक्रिया