दुई पाइलटले चलाएको नेकपा उडान भर्न नपाउँदै “क्रयास” हुँदै

जुट्नु पूर्व एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए “नेकपा दुई पाइलटले चलाएको जेट विमान हो” । जुटेको छोटो समयमै नेकपाको जेट दुर्घटना हुने संकेत देखिएको छ ।शीर्ष नेताबीच आरोप–प्रत्यारोप चरम विवाद देखिएको छ ।

प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि दर्जनौं गम्भीर आरोप लगाउँदै पार्टी एकतादेखि अहिलेसम्म भएका कमीकमजोरी सहित प्रचण्डले लिखित दस्ताबेज पेस गरे पछि थप विवाद सृजना भएको छ ।

दुई अध्यक्षबीचको विवाद चरम उत्कर्समा पुगेको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एकअर्काबीच गम्भिर आरोप लगाउँदै पत्र लेखेका छन् । केही दिन अघि प्रधानमन्त्री ओलीले मिल्न नसक्ने भए आ आफ्नो बाटो लागौँ भनेका थिए ।

नेकपा भित्रको बिबाद अहिले सतहमा मात्र आएको छैन् एक अर्का बीच लिखित आरोप प्रत्यारोप लगाउने काम भै रहेको छ । नेकपा फुटको संघारमा पुगेको भन्दै बचाउन नेताहरुले अपिल गर्दै आएका छन् ।

वाइड बडी विमान खरीद, सुरक्षण छापाखाना खरिद, सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयात घोटाला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरीदमा ओम्नी समूहको साँठगाँठ आदि प्रकरणमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरूको संरक्षण गरेको आरोप लगाएका हुन् ।

पार्टी एकतायताका २९ महिनामा बैठकमा अध्यक्ष दाहालको मात्रै एकल राजनीतिक दस्ताबेज प्रस्तुत भएको यो पहिलो पटक हो ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतको साथ लिएर ओलीविरुद्ध मोर्चाबन्दी कसेका दाहालले शुक्रबार पेस गरेको दस्ताबेजमा सम्पूर्ण समस्याको जड ओली नै भएको उल्लेख गरेका छन् । अब नेकपा लामो समय एक नहुने संकेत देखिएको छ ।

प्रतिक्रिया