जेन-जी आन्दोलनका क्रममा वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुट

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ठूलो मात्रामा नगद र सुन लुटिएको तथ्य बाहिर आएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले भदौ २४ गते बानेश्वरस्थित संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा भएको लुटपाटबारे सार्वजनिक खुलासा गरेका हुन्।

सुशान्त प्रधानसँगको पोडकास्टमा बोल्दै गभर्नर पौडेलले आन्दोलनका बेला धेरै सरकारी कार्यालय क्षतिग्रस्त भए पनि राष्ट्र बैंक सुरक्षित रहेको तर वाणिज्य बैंक भने ठूलो क्षतिको शिकार बनेको जानकारी दिए।

उनका अनुसार सो लुटपाटमा करिब पाँच करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको हो। “एक ठाउँमा सिरियस लुटपाट भएको छ, संसद् भवनभित्रको राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र करिब १८ किलो सुन लुटिएको छ,” गभर्नर पौडेलले भने।

उनले आन्दोलनका क्रममा एटिएम सेवा बन्द हुने, डिजिटल कारोबार र भुक्तानी प्रणाली ठप्प हुने जस्तो ठूलो संकट आउने डर गरेका भए पनि सो स्तरको दुर्घटना भने नभएको स्पष्ट पारे। तर वाणिज्य बैंकको शाखामा भएको लुटपाटलाई गम्भीर घटना मानिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय