काठमाण्डौ । लोकप्रिय गायिका शान्ती श्री परियारले आवाज दिएको घुमी घुमी सार्वजनिक भएको केही दिनमै भाइरल जस्तै बनेको छ । गीतलाई लाखौले टिक टक नक्कल गरेका छन भने युट्युबमा समेत दर्शकको राम्रो माया पाएको छ ।
सुजन चापागाईँ र परियारको आवाज रहेको गीतको अडियो र भिडियो दुवैलाई दर्शकले औधी मन पराएका छन । गीतलाई सुजन आफैले लय सिर्जना गरेका छन भने हर्क साउदले शब्द कोरेका छन ।
एक मायालु जोडीको मायाको कहानी गीतले निकै कलात्मक रुपमा गीत र भिडियोमा प्रस्तुत गरको छ । गीत कुनै चलचित्रकाे कहानी भन्दा कम छैन । विपिन कार्की,अञ्जली रसाइली,सम्रान्त थापा र हर्क साउदको अभिनय रहेको गीतको म्युजिक भिडियो निर्देशन भने नवीन चौहानले निर्देशन गरेका छन ।