पर्सामा खानेपानी संकट र हैजाप्रति सांसद हजाराको ध्यानाकर्षण

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इञ्चार्ज सांसद प्रभु हजराले पर्सामा देखिएको स्वच्छ पानीको अभाव र हैजाको समस्या समाधानतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत सांसद हजराले वीरगञ्ज महानगरपालिका र आसपासका क्षेत्रमा खानेपानीको समस्या बढ्दै गएको तथा अशुद्ध पानीका कारण हैजा लगायतका रोग फैलिँदै गएको विषयमा चिन्ता व्यक्त गर्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन्।

उनले शुद्ध खानेपानीको सुविधा नहुँदा आम सर्वसाधारण विशेषगरी बालबालिका र वृद्धहरू बढी प्रभावित भएको बताउँदै हैजाको फैलावटले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको उल्लेख गरेका छन्। सांसद हजराले सरकारलाई जनजीवन सुरक्षित बनाउन आपतकालीन पहल आवश्यक रहेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया