काठमाण्डौं - पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज शुक्रबारदेखि निष्काशन गरेको शेयरमा ३०.३७ प्रतिशतको लागि मात्रै आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार दिउँसो १ः४१ बजेसम्ममा १ लाख २९ हजार ९४३ जना आवेदकबाट १५ करोड ६६ लाख ६९ हजार रुपैयाँ बराबरको १५ लाख ६६ हजार ६९० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको ३०.३७ प्रतिशत मात्रै हो ।