नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २१ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । मन्त्रालयका अनुसार योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।