नेप्से ६ अंकले बढ्यो, वित्त समूहको उत्साहजनक वृद्धि

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६ दशमलव १६ अङ्कले सुधारिएर दुई हजार ६ सय ४६ दशमलव ८४ बिन्दुमा पुगेको छ। आजको कारोबार अवधिमा तीन सय पाँच कम्पनीका एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री भई पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारका क्रममा बैंकिङ समूह शून्य दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेका छन्। लगानी समूहको उपसूचक स्थिर रहँदा वित्त समूहले दुई दशमलव ६५ प्रतिशतको वृद्धि गर्दै सबैभन्दा राम्रो प्रदर्शन गरेको छ।

विकास बैंक शून्य दशमलव ८०, जलविद्युत् शून्य दशमलव ४२, जीवन बीमा शून्य दशमलव ६७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव ५९ प्रतिशतले उकालो लागेको छ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट देखिएकोछ।

 

प्रतिक्रिया