काठमाडौं – भर्खर मात्र आइपिओ सार्वजनिक गरेको माउन्टेन इनर्जीमा लगानीकर्ता धेरै आकर्षित भएको देखियो । आइपिओ सार्वजनिक भएको २ दिनमै सो कम्पनीको शेयरमा ४ गुणा बढी आवेदन पर्यो ।
आकर्षण कम्पनीमा किन यसरी लगानीकर्ताको ओइरो लाग्यो त ?
१. पछिल्लो समय हाइड्रो को शेयर मूल्य लगातार बढिरहेको छ । धेरैको आकर्षणमा पर्व6 थालेपछि अहिले कुनै समयको हाइड्रो मा जस्तै रौनक आउन थालेको छ । त्यसैको प्रभाव समेत यो कम्पनीमा परेको हुन सक्छ ।
२.नेपालमा सक्रिय लगानीकर्ता ह्वात्तै बढ्ने पनि अर्को कारण हुन सक्छ । २ लाख आस पास रहेका लगानीकर्ता अहिले दश लाख आसपास पुगेको अनुमान गर्न सकिन्छ । लगानीकर्ताको अत्याधिक चापको कारणले पनि लगानी बढेको हुन सक्छ ।
३. माउण्टेन इनर्जी आफैमा राम्रो कम्पनी हो । छिट्टै लगानीमा प्रतिफल पाइने आसाम पनि यो कम्पनीको लगानीमा आकर्षण बढेको हो ।