माउण्टेन इनर्जीको आइपीओ पर्न अब भाग्यकै भर पर्नुपर्ने,दोस्रो दिनमै यति धेरै आवेदन

काठमाडौं–कार्तिक २६ गरे देखि आइपिओ सार्वजनिक गरेको माउण्टेन इनर्जीको दोस्रो दिनमै माग भन्दा धेरै आवेदन परेको छ । अब यो कम्पनीको शेयर पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ ।

बिहीबार बेलुकी ५ बजे सम्मको विवरण अनुसार २ लाख ७८ हजार भन्दा धेरैले ६२ लाख भन्दा धेरै कित्ता शेयरको लागि आवेदन दिई सकेका छन् । यो संख्या मागको करीब ४ गुणा बढी आवेदन हो ।

१९ लाख ६८ हजार कित्ता शेयरबाट कम्पनीले १९ करोड ६८ लाख रुपैयाँ संकलन गर्ने छ । यो कम्पनीले यस अघिनै आयोजना प्रभावित क्षेत्रको लागि शेयर निस्काशन गरेको हो । ।

अहिले सार्वजनिक गर्ने शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजर ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकि १८ लाख ३० हजार २ सय ६५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन भएको छ ।

प्रतिक्रिया