काठमाण्डौ – नेपाली लोकदोहोरी क्षेत्रमा धेरैको मन मुटुमा बस्न सफल लोकप्रिय गायक पुस्कल शर्मा समाजसेवामा लागेका छन् ।
समाजसेवामा लागेसंगै उनले गाउँमा पुगेर दुखीको दुःखमा मलम लगाइरहेका रहेका छन् । शर्माले केही समय पहिला देखिबाट आफू औपचारिक रूपमा समाज सेवामा लागेको बताएका थिए ।
भर्खर मात्र शर्माले अर्घाखाची जिल्ला सितगंगा नगरपालिका वार्ड न.२ का ७२ वर्षिय राम बहादुर बस्नेतलाई व्हिल चियर प्रदान गरेका छन । बस्नेत शारिरिक रुपमा अशक्त रहेका छन ।
अरुको दुःखमा सानो भए पनि सहयोग गर्न पाउँदा आफूलाई अत्यन्तै खुसी लाग्ने गरेको शर्माले आर्थिक सन्देश सँग बताउनु भयो । आफू यो कर्ममा निरन्तर लाग्ने समेत शर्माको भनाइ छ ।