• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

पछिल्लो २४ घन्टामा २ हजार ५६९ जना नयाँ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११ सय ७४ पुगेको छ । यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २४३ जना निको भएका छन् भने १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार बुधबार २ हजार ५६९ जना संक्रमित थपिएका छन् भने १ हजार ६६६ जना निको भएका छन् । यस्तै ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना निको हुने दर ८० प्रतिशत रहेको छ भने अझै क्वारेन्टिनमा ११०९ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११७७ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै काठमाडौंमा संक्रमितको संख्या ७५ हजार ३२०, ललिपुरमा १० हजार ७५१ र भक्तपुरमा ६ हजार ७६५ जना पुगेको छ । जसमध्ये अहिले पनि काठमाडौंमा १७ हजार १६४, ललितपुरमा २५०६ र भक्तपुरमा १२७५ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी काठमाडौंमा हालसम्म ५७ हजार ८६७, ललितपुरमा ८ हजार १६८ र भक्तपुरमा ५ हजार ४१६ जना संक्रमण मुक्त भएका छन् । यसैगरी काठमाडौंमा २८९, भक्तपुरमा ७४ र ललितपुरमा ७७ को मृत्यु भएको छ ।
हाल मनाङ बाहेक देशका अरु सबै जिल्लामा सक्रिय सक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया