आजबाट माउन्टेन इनर्जीको आइपिओ निस्काशन,कति कित्ता भर्ने ?

आजबाट माउन्टेन इनर्जीको आइपिओ सार्वजनिक भएको छ । आज १० बजे पछि सबैले यो कम्पनीको आइपिओ खरिदको लागि आवेदन दिन सकिने छ ।

१९ लाख ६८ हजार कित्ता शेयरबाट कम्पनीले १९ करोड ६८ लाख रुपैयाँ संकलन गर्ने छ । यो कम्पनीले यस अघिनै आयोजना प्रभावित क्षेत्रको लागि शेयर निस्काशन गरेको हो । ।

अहिले सार्वजनिक गर्ने शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजर ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकि १८ लाख ३० हजार २ सय ६५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन भएको छ ।

अहिले लगानीकर्ता धेरै भएका कारण मंसिर २ गते सम्ममा यो कम्पनीको आइपिओ बिक्री भइसक्ने अनुमान छ । त्यसैले यो कम्पनीको लागि १० कित्ता आवेदन दिदा उत्तम हुने देखिन्छ ।

प्रतिक्रिया