मुम्बई इन्डियनले पाँचौं पटक आईपीएल उपाधि जित्न सफल

भारत – साबिक विजेता मुंबई इन्डियनले पाँचौं पल्ट आईपीएल को उपाधि जित्न सफल भएको छ ।

मंगलबार मध्यराति भएको फाइलन खेलमा प्रतिद्वन्दी दिल्ली क्यापिटललाई ५ विकेटले हराउदै उपाधि जित्न सफल भएको हो ।

खेलमा १५७ रनको मध्यम चुनौती पाएको मुम्बईले १८.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेर्टाएको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले ५१ ब्लमा ६८ रन बनाउँदा इशान किशनले अविजित ३३, क्विन्टन डि ककले २० र सुर्यकुमार यादवले १९ रन बनाएका थिए ।

बलिङतर्फ एनरिच नोर्टजेले दुई विकेट लिन सफल भए। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएसँगै मुम्बईलाई मध्यम लक्ष्य पेश गरेको थियो।

प्रतिक्रिया