काठमाण्डौ – साताको तेस्रो दिन आज नेप्से करिब २५ अंकले बढेको छ ।
यो सातामा नेप्से लगातार माथि उठिरहेको छ । नेप्सेको उछाल संगै आज नेपाल Reinsurance कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । आईतबार र सोमबार समेत यो कम्पनीको शेयर कारोबार उच्च रहेको थियो ।
चारओटा कम्पनीको सकरात्मक सर्किट लेभलमा कारोबार हुँदा कारोबार रकम ४ अर्ब भन्दा माथि पुगेको छ । आज १०० कम्पनीका शेयर सदस्यहरुलाई कमाउन सफल भए ।