काठमाण्डौ – नेपालमा नयाँ लगानीकर्ता थपिँदै गइरहेको बेला ठूलो संख्यामा कम्पनीहरुको आइपिओ समेत सार्वजनिक गर्ने तयारीमा छन् ।
यसैक्रमा ग्रीन भे लिमिटेडको ६३ करोड ५० लाख रुपैयाँको साधारण शेयर निष्कासन गर्ने भएको छ ।
सो कामको लागि कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको च ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्झौतामा दुई संस्थाका बिचमा सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र ग्रीन भेन्चर लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष सुभाष चन्द्र संघईले हस्ताक्षर गरेका छन् ।
कम्पनीले ६२ लाख ५० कित्ता शेयर निष्कासन गर्ने छ ।