काठमाडौं । शिवम् सिमिन्ट्स लिमिटेडले आ.व. २०७६/०७७ को पाँचौं बार्षिक साधारण सभा सोमबार सम्मपन्न भएको छ ।
शिवम् सिमेन्ट्स लिमिटेडको आज भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भएको हो ।
कम्पनीे संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्दै कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजी रु. ४ अर्व ४० करोड को २४.२१ (चौविस दशमवलव दुई एक) प्रतिशतका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण, गर्ने निर्णय समेत गरेको छ ।
कम्पनी सञ्चालक समितिका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको थियो ।