कुमारी बैंकको नाफा ५० प्रतिशत बढ्यो,वितरण योग्य नाफा कति ?

काठमाडौं- कुमारी बैंकले पहिलो त्रैमासिकमा ६० करोड २५ लाख भन्दा धेरै नाफा कमाएको छ ।

आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले विगतको तुलनामा यो वर्ष करिब ५० प्रतिशत नाफा बढेको जानेको छ ।

देव विकास बैंकलाई आफूसँग ल्याए पछि यो बैंकले राम्रो प्रगति गरेको छ । यो अवधिमा कम्पनीको वितरण योग्य नाफा २५ करोड ९१ लाख भन्दा धेरै रहेको छ ।

साथै बैंकको सञ्चालन नाफा ८६ करोड ५ लाख पुगेको छ । बैंकले असोज मसान्तसम्ममा १ खर्ब १७ अर्ब २ करोड ६० रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १६ अर्ब ५४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७१ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

कुमारी बैंक को अन्य सूचकहरु पनि राम्रो रहेका छन् ।

प्रतिक्रिया