एभरेष्ट बैंकले पनि लाभांस घोषणा गर्यो,शेयर धनी भने दुःखी

बैंकहरुले धमाधम लाभांस घोषणा गरिरहेका छन् । यसै अवसरमा अग्रणी बैंक एभरेष्ट बैंकले पनि बोनस घोषणा गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट बैंकले बोनस घोषणा गरेको हो । बैंकले ५ प्रतिशत बोनस शेयर र नगद लाभांश साथै बोनस शेयरमा लाग्ने कर सहित ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कार्तिक १९ गरेको सञ्चालक समितिको बैठकले यो कुराको निर्णय गरेको हो । तर धेरै लगानीकर्ताहरु भने अरु बैंकको तुलनामा यो बैंकले निकै थोरै लाभांस घोषणा गरेको भन्दै दुखी भएका छन् । ग्लोबल आइएमई बैंकले १६ प्रतिशत वितरण गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया