चिकित्सा शिक्षामा सुधारको माग राख्दै पटक पटक अनसन बसेका डा गोविन्द केसीलाई सरकारले फेरि झुक्काउने बाटोमा अघि बढेको छ ।
चौतर्फी सरकारको आलोचना भए पछि अनशनरत केसीको माग पुगा गर्ने सहमति गरेको सरकारले यो पटक पनि केसीको मागमा बेवास्ता गर्दै आएको छ ।
बिहीबार केसीले पत्रकार सम्मेलन गर्दै आफूसँग भएको सहमति कार्यान्वयन गर्न अनुरोध गर्नु भएको छ ।
पटक पटक सरकारले आफूलाई झुक्काएको बताउँदै केसीले अविलम्ब आफूसँग भएको सहमति कार्यान्वयन गर्न अनुरोध गर्नु भयो ।
सोही अवसरमा उहाँले नेपालमा स्वास्थ क्षेत्रमा व्यापारभै रहेहको बताउनु भयो । साथै उहाँले कोरोना संक्रमितलाई निशुल्क उपचार गर्न अनुरोध गर्नु भयो ।