एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ। केही समयमै औपचारिक रूपमा समर्थन फिर्ता पत्र दर्ता गरेर प्रधानमन्त्रीलाई बुझाउने तयारी भइरहेको छ।

 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुई ठूला दल, नेपाली कांग्रेस र नेकपा एमाले, मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने विश्वास रहेकोमा त्यसो नभएको बताए।

 

उनले प्रधानमन्त्रीले मार्ग प्रशस्त नगरेपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ता पत्र दर्ता गर्न लागेको जानकारी दिए। यससँगै, एमालेका मन्त्रीहरूले पनि राजीनामा दिने बताइएको छ।

प्रतिक्रिया