१३ हजार परीक्षण गर्दा ३ हजार संक्रमित,निको हुने दर समेत बढ्यो

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

१३ हजार ६८ PCR परीक्षण गरिएको छ । विगतको तुलनामा नेपालमा संक्रमण दर केही घट्दै गएको देख्न सकिन्छ । यो समयमा ३ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।

योसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ । साथै १८ जना सङ्क्रमितले २४ घण्टामा ज्यान गुमाएका छन् ।

प्रतिक्रिया