आफैंले काम गर्ने अस्पतालमा वेड नपाएपछि राजारामको ज्यान गयो

लामो समय दुःख गरेको आफ्नै अस्पताल मा आफू बिरामी पर्दा बेड नपाउँदा एकजनाको ज्यान गएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका लेखा अधिकृत ५२ वर्षीय राजाराम इटनीको आफू बिरामी पर्दा आइसियु नपाउँदा उनको ज्यान गएको छ ।

उनलाई बेड छैन भन्दा अस्पतालमा बेड भने खाली रहेको खुलेको छ ।

आइसियू बेड नमिलेपछि परिवारले राजारामलाई भंगालस्थित आफ्नै नातेदारको करूणा अस्पतालमा लगे। तर राजारामले सोही अस्पतालमा अन्तिम सास फेरे।

उहाँ विगत २५ वर्षदेखि सो अस्पतालमा काम गर्दै आउनु भएको थियो ।

प्रतिक्रिया