काठमाडौं - चरम तरलता अभाव भोगिरहेका बैंकमा असोजको पहिलो साता भने निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ। भदौदेखि बढ्न थालेको बैंकहरुको निक्षेप संकलन असोजमा पनि बढ्दो क्रममा देखिएको छ।
भदौ अन्तिम दिनसम्ममा ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप संकलन असोज पहिलो साता अथार्त असोज ७ गतेसम्ममा ४५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ।
निक्षेप उच्च दरले बढेपनि कर्जा लगानी भने खासै बढेको छैन। असोज पहिलो साता बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले मात्रै बढेको छ। असोज ७ गतेसम्ममा कर्जा लगानी १४ खर्ब ९४ अर्ब रुपैयाँ छ।निक्षेप बढेसँगै बैंकहरुको सिडि रेशियो पनि घट्दै गएको छ। असोज ७ गतेसम्म्मा सिडि रेशियो ८७.२१ प्रतिशतमा झरेको छ।