४ अंकले बढ्यो शेयर बजार,कारोबार रकम ८ अर्व पनि पुगेन

काठमाण्डौ - साताको दोस्रो दिन सोमबार नेप्से ४ अंक भन्दा धेरैले बृद्धिभएको छ । योसँगै समग्र बजार २८७४ विन्दुमा पुगेको छ । 

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने ७ अर्व ६८ करोडमा सिमित भएको छ । आज दिनैभरि हरियाली छाएको शेयर बजारमा बन्दहुने बेलामा भने एकाएक विक्री चाप बढेको थियो । हिजो मात्र सर्किट लेवलमा कारोबार भएको उपर तामाकोशी जलविद्युतको शेयर मूल्य आज भने घटेको छ ।

आज दिनै भरि कारोबार भएका २१९ कम्पनीहरु मध्य ८० कम्पनीको शेयर मुल्य बढेको छ भने ९६ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ७ कम्पनीहरुको शेयर मुल्य यथावत रहेको छ । विकास बैक उपसूचक सबैभन्दा धेरै घट्दा लघुवित्त उपसूमह भने सबैभन्दा धेरै अंकले बढेको छ । 

आज उपर तामाकोसी जलविद्युतको सबैभन्दा ाधेरै कारोबार भएको छ भने कुनै पनि कम्पनीको शेयर मूल्य सर्किट लेवलमा कारोबार हुन सकेको छैन । 

प्रतिक्रिया