साविकको विजेता मुंबई इन्डियन हिजो भएको खेलमा १० विकेटको लज्जास्पद हार बेहोर्न बाध्य भएको छ ।
त्यो म्याच जित्नै पर्ने दबाबमा रहेको सनराइज hyderabad सँगले सानदार जित निकाल्दै अघिल्लो चरणमा पुग्ने बाटो खोलेको हो ।
१ सय ५० रनमा मध्यम रनकाे लक्ष्य पछ्याएकाे हैदराबादले १७.१ ओभरमा विना विकेटकाे क्षतिमा पुरा गर्याे । ऋद्धिमान साह र डेविड वार्नरले १ सय ५१ साझेदारी गर्दै टाेलीलाई दश विकेटकाे विशाल जित दिलाए । वार्नरले ५८ बलमा ८५ तथा साहले ४५ बलमा ५८ रनकाे याेगदान दिए ।
यसअघि, शारजाह क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे मुम्बइले १ सय ४९ रन बनाएकाे थियाे । चाेटका कारण बेन्चमा रहेका कप्तान राेहित शर्मा हैदराबादविरूद्धकाे खेलमा पुनरागमन जनाएपनि उनले उल्लेखनीय याेगदान भने दिन सकेनन् । उनी ७ बल खेल्दै मात्र ४ रनमा आउट भए ।
मुम्बइका किराेन पाेलार्ड, सूर्यकुमार यादव, इशान किशन र क्वुइन्टन डि कक बाहेक अन्य खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेन । पाेलार्डले ४१, यादवले ३६, किशनले ३३, डि ककले २५ तथा रन बनाए ।