अर्थमन्त्री पौडेलद्वारा बजेट कार्यान्वयनमा प्राथमिकता निर्धारण गर्न निर्देशन

काठमाडौं: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्। बिहीबार उनले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रिय गौरवका, राष्ट्रिय महत्वका, अध्ययन सम्पन्न भएका, र प्राथमिकता प्राप्त आयोजनाहरूलाई उच्च प्राथमिकता दिएर अघि बढाउन आग्रह गरे।

अर्थमन्त्री पौडेलले राम्रो प्रतिफल दिने, संघीय सरकारको कार्यक्षेत्र अन्तर्गतका, र निर्माणाधीन आयोजनाहरूलाई प्राथमिकता दिन निर्देशन दिए। उनले आयोजनाहरू अध्ययन गरेर मात्र अघि बढाउन र प्राथमिककरण गरी बजेट कार्यान्वयन गर्दा स्रोत साधनको सही सदुपयोग हुने बताए।

बिहीबार पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग छलफल गरे। यस्तै, खानेपानी, कृषि तथा पशुपंछी विकास, शिक्षा विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग, वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकूद मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग पनि उनले छलफल गरे।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय