खुल्ला मञ्चमा खाना खुवाउन महानगरले रोक्यो,सरकारको इज्जत गएको दाबी

लक डाउन अवधिमा खाना नपाएर भोकै बसेकाहरुलाई फ्रीमा खाना खुवाउँदै आएको अभियान रोकिएको छ ।

काठमाडौ महानगरपालिकाले सडकपेटीमा खाना खुवाउँदा विकृत बढेको साथै सरकारको समेत इज्जत गएको भन्दै सो अभियान रोकेको हो ।

विभिन्न आश्रममा दुखी गरीबलाई सरकारले उद्धार गरिरहेको बताउँदै महानगरले यसरी सडकमा खाना खुवाउँदा, काम गरेर खान सक्ने समेत आएको बताएको छ । योसँगै अभियान अहिले रोकिएको छ । महानगरले नगर प्रहरी पठाएर यो अभियान रोक्न पटकपटक दबाब दिएको थियो ।

महानगरको अवरोध पछि अहिले खाना खुवाउने कार्यक्रम रोकिएको अभियन्ताहरु ले जनाएका छन् । विगत लामो समय देखि सयौंलाई विभिन्न अभियान मार्फत खाना खुवाउँदै आइएको थियो ।

प्रतिक्रिया