चर्को आश्वा शुल्क लिने भएपछि सानीमा बैंकसँग ग्राहक आक्रोसित

काठमाडौं -  यस अघि निशुल्क रहेको सानीमा बैंकमा अब आस्वा शुल्क लाग्ने भएको छ । बैंकले ग्राहकबाट २० रुपैयाँ शुल्क लिन थालेको छ । 

बैंकको पछिल्लो कदम प्रति बैंकका ग्राहकहरुले भने चौतर्फी आक्रोस व्यक्त गरेका छन् । 

नेपालका बैंकहरुले निशुल्क देखि अधिकतम एक सय रुपैयाँसम्म सि-आस्वा शूल्क लिइरहेको पाइन्छ । कतिपय वाणिज्य बैंकहरुले १०० रुपैयाँसम्म सि-आस्वा शुल्क लिइरहँदा पनि नबिल, एनआईसी एशिया, सिद्धार्थ, ग्लोबल आइएमई, मेगा र राष्ट्रिय वाणिज्य बैंकहरुले भने हालसम्म पनि निःशुल्क आस्वा सेवा दिँदै आएका छन् । 

अहिले आईपीओ निष्कासन गर्ने अधिकांश कम्पनीको आईपीओमा मागभन्दा कैयौँ गुणा बढी आवेदन पर्ने हुँदा अधिकांश लगानीकर्ताहरुको हात खाली हुने गरेको छ कतिपय लगानीकर्ताहरुले १५ वटा कम्पनीको आईपीओमा आवेदन गर्दा समेत आईपीओ नपरेको तर सि-आस्वा शुल्क मात्र ३०० तिरेको भन्दै उनीहरुले आईपीओ परेकासँग मात्र सि-आस्वा शुल्क लिने नियम बनाउन उनीहरुको माग छ ।     

प्रतिक्रिया