काठमाण्डौ - सोमबार नेप्से सामान्य अंकले बढेर बजार बन्द भयो । आईतबार देखि लय समाउने देखिएको बजार सोमबार पनि बढ्ने धेरैको अनुमान थियो तर बजार नघटे पनि अपेक्षित बढ्न पनि सकेन ।
शेयर बजारमा सोमबार चर्चा भएको अर्को कुरा हो धितोपत्र बोर्डमा परेको छानविनको निवेदन । एक लगानीकर्ताले चलखेल भएको भन्दै केही जलविद्युत कम्पनीहरूको नामै टिकायर निवेदन दिए । जुन परेको छाया कपी बाहिरिएपछि बजारमा केही असर गरेको धेरैको अनुमान छ ।
अवस्था त्यस्तै पनि देखियो,निरन्तर उकालो लागेको जलविद्युत उपसुचक सोमबार भने सामान्य घट्यो । घट्ने निवेदकले उजुरी दिएका कम्पनीहरु पनि छन् ।
उजुरी कर्ताको उजुरी पछि उनीमाथि लगानीकर्ताहरु भने खनिएका छन् । प्राय धेरैले उनको चर्को आलोचना गरेका छन् । बजार बढ्न लाग्दा नियोजित घटाउनको लागि यो फन्डा गरिएको धेरैको गुनासो छ ।
क्लब हाउसहरुमा समेत यो विषयले निकै चर्चा पाएको छ । जोकोहीले पनि निवेदन दिन सक्ने तर यसलाई प्रचारबाजी बढी गएर बजार घटाउन खोजीको धेरैको अनुमान छ ।
उता धितोपत्र बोर्डले भने निवेदन ऊपर आफूहरुले छानबिन गर्ने संकेत दिएको छ । बोर्डले यस अघि ५१ कम्पनीको शेयर मूल्य असोभाबिक रहेको भन्दै लिष्ट्नै निकालेको थियो ।