• गृहपृष्ठ /
  • Breaking News ,
  • कृषि ,
  • मुख्य खबर ,
  • राजनीति ,
  • समाचार

कृषि मन्त्री भुसालले किसानलाई फेरी झुक्काए

काठमाडौं–माक्र्सवादी चिन्तक घनश्याम भुसाल कृषि मन्त्री भएपछि कृषि क्षेत्रमा ठूलै परिवर्तन आउने किसानको अपेक्षा थियो । भुसालले मन्त्रालयको नेतृत्व गरेपछि नीतिगत परिवर्तनसँगै किसानले पाउने सेवा सुविधा सहज रुपमा पाउँछन् भन्ने सबैको अनुमान थियो ।

तर, मन्त्री भुसाल किसानलाई राहात हुने गरी अनुभुती दिलाउन सकेनन् । नेपालको प्रमुख बाली धान हो । धानमा रासायनिक मल भएन भने उत्पादन प्रभावित हुन्छ । धान रोप्ने बेला मल उपलब्ध नभएपछि मन्त्री भुसालको चौतर्फी आलोचना भयो । त्यसपछि उनले बंगलादेशबाट पैंचो मल ल्याउने भने । रासायनिक मल ल्याउने ठेक्का पाएका शारदा प्रसाद अधिकारीले समयमा मल नल्याएपछि कारबाही गरे । यसले उनको प्रशंसा पनि भयो ।

बंगालदेशबाट पैंचो मल ल्याउने बताए । धानका लागि ल्याउने भनेको पैंचो मल हिउँदे बालीका लागि पनि नआउने भएको छ । पैंचो मल ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्रीलाई फोन गरे । उनको आग्रह स्वीकार गरेकाले बंगलादेशबाट ५० हजार मेट्रिक टन यूरिया मल पैंचो ल्याउने तयारी भएको कृषि मन्त्री भुसालले बताए । अहिलेसम्म मल ल्याउने सम्झौता भएको छैन । अहिले आएर बंगालदेशले पैंचो मल दिन नसक्ने बताएको कृषि मन्त्रालयले जनाएको छ । ‘मन्त्री ज्यूले धान रोप्ने र गोड्ने बेलामा पनि पैंचो मल आउँछ भन्नुभयो,’ चितवनका किसान प्रमोद गुरागाईले भने, ‘अहिले हिउँदे बालीका लागि पनि मल आउने छाँटकाँट देखिएन । मन्त्रीले किसानलाई झुक्काउने मात्र काम गर्नुभयो ।’
बंगलादेशले अब पैंचो मल नदिने भएपछि सरकारी तहबाटै मल किन्नु पर्ने अवस्था आएको छ । किसानले गहुँमा प्रयोग हुने मल अभाब हुन सक्ने देखिएको छ । अहिले कृषि सामग्री कम्पनीसँग १० हजार मेट्रिक टन पोटास मौज्दात छ । २० हजार मेट्रिक टन डीएपी मल आयात भैरहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया